काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले जेनजी अगुवाहरूलाई राजनीति गर्दा सतर्क रहनुपर्ने चेतावनी दिएका छन्।

बिहीबार काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा राजनीतिक संवाद समितिद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा भट्टराईले युवा नेताहरूलाई सुझाव दिँदै भने, ‘राजनीतिमा केवल दृश्य मात्र पर्याप्त छैन, अदृश्य पक्ष पनि धेरै छन्। अहिले जोशमा सबै गर्न सकिन्छ जस्तो लाग्छ, तर वास्तविकता त्यस्तो हुँदैन। हात्ती जस्तो शक्तिशालीसँग लड्दा गाह्रो हुन्छ। त्यसैले राजनीति गर्दा धेरै कुरामा ख्याल गर्नुपर्छ।’

advertisement

भट्टराईले संविधानको अपूर्णताबारे पनि औंल्याउँदै भने, ‘हिजो हामीले अपूर्णतासहितको संविधान बनायौं। आधा अहिले भरौं, आधा भर्दै जाने गरी लेख्यौं। संविधान जारी भएकै दिन मैले भनेको थिएँ – ‘यो आधा गिलास भरी छ, आधा खाली छ।’ अहिले संघीयता र अन्य कुरा फ्याक्ने हैन, बरु अपूर्णतालाई क्रमशः सुधारेर पूर्ण बनाउनुपर्ने हो।’

उनले बताए, पुरानो शक्तिले परिवर्तन ल्याउन नसक्ने भए पनि नयाँ शक्ति आवश्यक रहेको र विगत १० वर्षदेखि वैकल्पिक शक्तिका लागि लडिरहेको उनले उल्लेख गरे। ‘संविधान जारी भएको दिनदेखि बोल्ने बाबुराम यहीँ छ। अरूले १० वर्षसम्म शासन चलाए, हामी त्यसको विरोधमा थियौं। अहिले तपाईंहरूको ताकत थपिएको छ, जसमा हाम्रो पूर्ण साथ छ।’

भट्टराईले अपूर्ण संविधानकै कारण सुशासन र अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसकेको र अब सुधार आवश्यक रहेको बताए। साथै उनले चुनाव समयमा ढिलाइ भएमा संविधानकै आधा गिलास पनि बिग्रन सक्ने चेतावनी दिए।

उनले थपे, ‘विदेशमा रहेका नागरिकलाई भोट दिने अधिकार दिनुहोस्। चुनाव लड्ने उमेर घटाउनुस्। जेनजी साथीहरूले लिखित सम्झौता गरेर अघि बढ्नुपर्छ। ढिलो गरिँदा धर्ना वा अन्य माध्यममा आन्दोलन गर्नुपर्ने अवस्था आउँछ, त्यसतिर लाग्नुस्।’

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com