इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति इलामले पार्टीका सदस्य यमबहादुर भण्डारीलाई निलम्बन गरेको छ।
माईखोला किटानरामास्थित पाँच कक्षा भवन उद्घाटन कार्यक्रमका क्रममा २०८२ असोज १९ गते भण्डारीले गरेको धार्मिक टिप्पणी विवादित भएको भन्दै उनलाई निलम्बन गरिएको हो।
जिल्ला अध्यक्ष राजेन्द्र चौहानद्वारा हस्ताक्षरित पत्रमा भण्डारीले सार्वजनिक रुपमा इस्लाम धर्म र बिबिध धर्मबीचको सहअस्तित्वमा आघात पुग्ने अभिव्यक्ति दिएका कारण पार्टीको छवि र एकतामा नकारात्मक प्रभाव परेको उल्लेख गरिएको छ।
पत्रमा भनिएको छ, ‘धार्मिक सहिष्णुतामा आघात पुर्याउने खालको अभिव्यक्ति दिएकाले उहाँको गतिविधि पार्टीको नीति विपरीत रहेको ठहर भएको छ।’
पार्टीको विधान २०७९ को धारा ७ र उपधारा ९ बमोजिम जिल्ला कार्यसमितिको बैठकले भण्डारीलाई तत्काल प्रभावबाट साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको हो।
यस निर्णयको जानकारी राप्रपाको केन्द्रीय अनुशासन समिति र कोशी प्रदेश कार्यसमितिलाई समेत पठाइएको पत्रमा उल्लेख छ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया