काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेन–जी विद्रोहले अहङ्कारी सरकारको सत्ता ढल्यो भन्नेमा खुशी व्यक्त गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित ‘खबरदारी’ कार्यक्रममा बोल्दै विप्लवले भने, हाम्रो आवाज बेवास्ता मात्र भएन, संसद् दलालहरूको स्वार्थमा प्रयोग गरियो। अहङ्कारी सत्ता र दलालहरूको शासन इतिहासमा कहिल्यै नमेटिने गरी राष्ट्रघात गर्‍यो। भ्रष्टाचार वडादेखि उच्च तहसम्म फैलिएर आम जनतालाई प्रभावित गर्‍यो। हाम्रो प्रयासले त्यतिबेला रोक्न सकेन। तर जेन–जीको विस्फोटले अहङ्कारी सरकारलाई ढाल्यो।

advertisement

उहाँले जनयुद्धमा रगत बगाउने पक्षलाई अपमान गरिएको प्रति आक्रोश पोखे र संविधानमा गणतन्त्र लेखिएको भए पनि जनताको वास्तविक संविधान कार्यान्वयन नभएको स्पष्ट पारे।

भ्रष्टाचार र सामाजिक बेथितिविरुद्ध आवाज उठाउँदा तत्कालीन केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले आफू र पार्टीमाथि प्रतिबन्ध लगाएको विप्लवले स्मरण गराए। उनले थपे, सत्ताको सुविधाका लागि जुनसुकै काम सुरु भयो। संविधानलाई पूर्णता दिन, जनजाति, मधेसी र महिलालाई हक अधिकार दिन हामीले लडेका थियौं। न्यायको आवाज उठाएको बदलामा दुई वर्षसम्म हाम्रो गतिविधि प्रतिबन्धित गरियो।

विप्लवको यो अभिव्यक्तिले जेन–जी आन्दोलन र अहङ्कारी सरकार विरुद्धको क्रान्तिकारी कदमलाई फेरि एकपटक सार्वजनिक ध्यानाकर्षणमा ल्याएको छ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com