काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्री र नेता किसान श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उनीहरुmले एमालेमा फर्कने भनेर हिजो नै पत्रकार सम्मेलन गरिसकेका थिए । त्यसको भोलिपल्ट आज ओली बसेको भक्तपुरको गुण्डुमा पुगेर ओलीसँग भेटवार्ता गरेका हुन् ।

उनीहरु छिट्टै एमालेमा फर्कने बताईएको छ । एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले दिएको जानकाअनुसार आज ओलीसँग भेट्न एकीकृत समाजवादीका ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरु गुण्डु पुगेका थिए । उनीहरु आगामी कार्तिक २४ गते एमालेमा फर्कने तय भएको जनाईएको छ ।

advertisement

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com