काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।

बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा आयोजित बैठकमा कार्यकर्तासँग कुरा गर्दै अध्यक्ष ओलीले वर्तमान अन्तरिम सरकारले संविधान र लोकतान्त्रिक अभ्यासको उल्लङ्घन गर्दै प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।

advertisement

उनका अनुसार देशलाई “छाडातन्त्र”तर्फ धकेल्ने नियतले असंवैधानिक रूपमा संसद् विघटन गरिएको हो । उनले भने, ‘सिफारिस गर्ने नै संवैधानिक अधिकार नभएका व्यक्तिहरूले प्रतिनिधिसभा विघटनको सिफारिस गरे, र राष्ट्रपतिले त्यो सिफारिस मान्नु भयो — यो ठूलाे गल्ती हो ।’

ओलीले संविधानको मर्ममाथि प्रहार गर्दै गरिएको यस्तो कदमको विरोधमा एमालेले संसद् पुनःस्थापनाको माग गर्दै देशभर आन्दोलनको तयारी थालेको बताए ।

त्यसक्रममा उनले पार्टीले शान्ति, सुरक्षा र विधिको शासन कायम गर्न “युथ भोलिन्टियर्स फोर्स” गठन गर्ने निर्णय गरेको जानकारीसमेत दिए ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com