काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच टेलिफोन वार्ता भएको छ ।
दुईबीचको वार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको छ । यद्यपी भण्डारीको सदस्यता नवीकरणको विषय भने वार्तामा उठेन ।
ओलीले यतिबेला आफूलाई सहयोग चाहिएको भन्दै भण्डारी समक्ष सहयोगको माग गरेका थिए । उनले भने, ‘यतिबेला मलाई तपाईंको सहयोगको आवश्यकता छ । मलाई सहयोग गर्नुहोस् ।’
जवाफमा भण्डारीले सहयोग आदानप्रदानको कुरा एक ठाउँमा रह्यो भन्दै नेतृत्व सहजीकरण गर्न सुझाएकी थिइन् ।
ओलीले आफूमाथि राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिको प्रहार भएको बताउँदा भण्डारीले अहिले पनि विदेशी शक्तिको नाम लिनुको साटो पछिल्लो आन्दोलनको सन्देश र संकेत अनुसार अघि बढ्न सुझाएकी थिइन् ।
एमाले अध्यक्ष ओलीले पार्टी छोडेर जानेलाई घर फर्कन आह्वान गर्नुका साथै आफूसँग रुष्ट रहेका एमालेकै नेताहरूसँगको अनौपचारिक सम्वादलाई जोड दिन थालेका छन् ।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया