काठमाडौं । गत असोज २३ र २४ गते जेनजी समूहको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका कैदी विनय तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
काभ्रेपलाञ्चोकको भुम्लुङ गाउँपालिका–३ स्थायी घर भएका २२ वर्षीय तामाङ काठमाडौं महानगरपालिका–५, कालोपुल क्षेत्रबाट पक्राउ परेका हुन्। बौद्ध क्षेत्रमा लुकिछिपी बस्दै आएका तामाङलाई मालीगाउँ प्रहरीले सोमबार साँझ ४:४५ बजे नियन्त्रणमा लिएको हो।
प्रहरी वृत्त मालीगाउँका अनुसार उनलाई खोजतलासका क्रममा पक्राउ गरिएको हो। हाल तामाङलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जनाएको छ।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया