काठमाडौं । चितवनको सौराहामा शुक्रबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकको तयारी पूरा भएको छ।

बिहीबार चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै विस्तारित बैठकको तयारी पूरा भएको पार्टीले जनाएको छ।

advertisement

पार्टीको आगामी रणनीति तय गर्न भोलिदेखि सुरु हुने बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टी सचिवालय सदस्य हरी ढकालले बताए।

उनका अनुसार बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ।

उनले भने, ‘भोलिको विस्तारित बैठकमा देशैभरीबाट ५ सय जनाहरु आउँदै हुनुहुन्छ। केन्द्र, प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधि साथीहरू सहभागी हुनुहुनेछ।’

बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com