काठमाडौं । नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग भेटवार्ता गरेका छन् ।
शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लवको निवासमा पुगेका नेताद्वयले वर्तमान राजनीतिक परिस्थितिबारे विस्तृत छलफल गरिरहेका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चलिरहेको एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै छुट्टै राजनीतिक ध्रुवीकरणको सम्भावनाबारे देशभर चर्चा भइरहेका बेला उनीहरूबीचको भेटलाई विशेष अर्थका साथ हेरिएको छ ।
पार्टी विभाजनअघि नै जनार्दन शर्मा, राम कार्की र घनश्याम भूसालले विप्लवसहितका नेताहरूसँग नयाँ वाम राजनीतिक ध्रुवीकरणको सम्भावनाबारे अनौपचारिक संवाद गर्दै आएका थिए ।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया