काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका लागि मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सबै नागरिकलाई आग्रह गरेकी छन् ।

निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार अब नाम दर्ता गर्न नौ दिन मात्रै बाँकी रहेको स्मरण गराउँदै प्रधानमन्त्री कार्कीले समयमै नाम दर्ता गर्नुपर्नेमा जोड दिएकी हुन् ।

advertisement

उनी लेख्छिन् , ‘तपाईंको मत नै तपाईंको आवाज हो। मतदाता परिचयपत्रका लागि दर्ता गराउने अवधी अब मात्र ९ दिन बाँकी छ।’

निर्वाचन आयोगले फागुन २१ गते निर्धारित निर्वाचनका लागि मतदाता नामावली दर्ताको अन्तिम म्याद कात्तिक ३० गतेसम्म कायम गरेको छ । आयोगले तोकेको समयभित्र नाम दर्ता नगरेका नागरिकले मतदानमा सहभागी हुन नपाउने भएकाले सबैलाई शीघ्र दर्ता गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com