काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा तीन दशकदेखि अधर्मी कम्युनिष्टहरूले शासन गर्दै आएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत् विचार व्यक्त गर्दै उनले सनातन धर्म, संस्कृति र परम्परामाथि व्यापक आक्रमण भइरहेको दाबी गरेका छन्। थापाले धर्मपरिवर्तनका घटनाले सामाजिक सद्भाव र एकता कमजोर बनाएको भन्दै चिन्ता प्रकट गरेका छन्।

advertisement

उनका अनुसार समाजमा अधर्म, व्यभिचार र अनैतिकता हावी भएको छ। उनले प्रश्न उठाउँदै लेखेका छन्, ‘के अब पनि हामीले नचेत्ने हो?’

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com