काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्व सांसद हरि ढकालले चितवनलाई ‘राजनीतिक विद्रोहको उद्गमस्थल’का रूपमा व्याख्या गरेका छन् ।

शुक्रबार चितवनमा आयोजित पार्टीको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले रास्वपा यथास्थितिको विरुद्धमा उभिनका लागि स्थापना भएको दल भएको उल्लेख गर्दै, सत्तामा पुगे पनि त्यसको मूल चरित्र कहिल्यै परिवर्तन नहुने स्पष्ट पारे ।

advertisement

ढकालले भने, ‘३५ वर्षदेखि देशमा यथास्थितिमा रमाएका शक्तिहरूलाई रास्वपाले चुनौती दिएको छ, र त्यो चुनौती अब पनि जारी रहनेछ।’ उनले विगतमा रवि लामिछानेमाथि भएको अन्यायलाई अहिलेको सरकारले नै स्वीकार गरेको बताउँदै, नयाँ सत्तासँग पनि प्रश्न गर्ने समय आएको टिप्पणी गरे ।

उनका अनुसार, ‘चितवन विद्रोहको भूमि हो। २०७९ सालमा हामीले सुरु गरेको यो राजनीतिक विद्रोह यथास्थितिमा रमेकाहरूका लागि एक सिर्जनात्मक र सभ्य आन्दोलन हो।’

ढकालले सत्ताको कुर्सीमा पुगेपछि विचार र धारणा यथास्थितिको पक्षमा जाने हो भने रास्वपाले त्यसलाई कहिल्यै स्वीकार नगर्ने स्पष्ट सन्देश दिए ।

त्यस्तै, उनले पार्टीभित्र विचार, तर्क र सिर्जनात्मक बहसलाई सम्मान गर्दै संगठनलाई अझ सुदृढ र सक्षम बनाउन सबै नेता–कार्यकर्तालाई ‘राजनीतिक योद्धा’का रूपमा तयार रहन आह्वान गरे ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com