नयाँदिल्ली । एयर ट्राफिक कन्ट्रोल (एटिसी) प्रणालीमा प्राविधिक समस्या आउदा शुक्रबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आईजीआईए) मा सयौं उडानहरू प्रभावित भएको एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

दिल्ली इन्टरनेसनल एयरपोर्टका प्राविधिक विज्ञहरू प्राविधिक समस्या समाधान गर्नका लागि सक्रिय रहेको र उडान पुनः सञ्चालन कहिले देखि सुरु हुन्छ भन्ने अझै थाहा हुन सकेको जनाइएको छ ।

advertisement

विमानस्थलले जारी गरेको विज्ञप्तिमा “एटिसी प्रणाली” मा प्राविधिक समस्या आएका कारण आइजिआईएमा उडान सञ्चालनमा ढिलाइ भइरहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा प्राविधिक टोलीसहित सबै सम्बन्धित निकायहरु समस्यालाई चाँडै समाधान गर्न सक्रिय रूपमा काम गरिरहेको जनाइएको छ ।

यात्रुहरूलाई नयाँ उडान अपडेटका लागि आ–आफ्नो सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन सल्लाह दिएको छ । धेरै निजी एयरलाइन्सहरूले पनि उडान सञ्चालनका बारेमा अपडेटहरूका लागि सम्पर्कमा रहन आ–आफ्ना उडानकर्ताहरूलाई सल्लाह दिएका छन् ।

  • रासस

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com