काठमाडौं । काठमाडौं महानगरपालिका–३२, जडीबुटीमा गाडीको ठक्करबाट एक २० वर्षीया युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–७ की सुनिस्ना ताम्राकार रहेको प्रहरीले जनाएको छ। बिहीबार साँझ ना ८ ख ३९७५ नम्बरको डिब्बा गाडीले उनी सवार प्रदेश–३–०२–०१४ प ९६६३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

advertisement

ठक्करबाट गम्भीर घाइते भएकी ताम्राकारलाई उपचारका लागि सिभिल अस्पताल पुर्‍याइएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भएको छ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com