काठमाडौं । पछिल्लो समयका व्यस्त कलाकार सागर लम्साल ‘बले’ अब आफ्नै होम प्रोडक्सनमार्फत फिल्म निर्माणमा जुट्ने भएका छन्। लामो समयदेखि अभिनय र मनोरञ्जन क्षेत्रमा सक्रिय बलेले अहिले निर्माणतर्फ पनि पाइला चालेका हुन्।

उनले निर्माण गर्न लागेको फिल्म आउँदो वैशाखपछि छायाङ्कनमा जाने तयारीमा छ। फिल्मको नाम र कलाकारको टिमबारे भने अहिले गोप्य राखिएको छ। स्रोतका अनुसार फिल्मको प्रारम्भिक तयारी तीव्र रूपमा भइरहेको छ र बले यसलाई आफ्नै शैलीमा फरक धारको फिल्म बनाउने योजनामा छन्।

advertisement

यतिबेला बले ‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको छायाङ्कनमा व्यस्त छन्। उक्त फिल्मको सुटिङ सकिएलगत्तै उनी ‘पाँच पाण्डव’ फिल्मको सेटमा जोडिनेछन्। ‘पाँच पाण्डव’ पछि पनि उनी दुई अन्य फिल्ममा अनुबन्धित भइसकेका छन्, जसले उनको व्यस्ततालाई झनै बढाएको छ।

उनी टेलिसिरियल ‘भद्रगोल’ बाट परिचित भएका हुन्। भद्रगोलमा ‘बले’ को भूमिकाबाट चर्चामा आएका उनले ‘सक्किगोनी’ मा पनि त्यही पात्रलाई निरन्तरता दिएर दर्शकको मन जिते। त्यसयता उनले थुप्रै फिल्म र सयौं म्युजिक भिडियोमा अभिनय गर्दै आफूलाई बहुआयामिक कलाकारका रूपमा स्थापित गरिसकेका छन्। अब उनी अभिनयसँगै निर्माणको भूमिकामा समेत सक्रिय हुँदैछन् ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com