काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीले लुटिएको हतियारसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका–१, दुर्गौलीका २१ वर्षीय मनोज ढुंगाना रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।

advertisement

प्रहरीका अनुसार ढुंगानाको साथबाट ‘मेड इन कोरिया’ लेखिएको मल्टि ग्याँस गन र भिड नियन्त्रणका लागि प्रयोग हुने लेग गार्ड बरामद गरिएको छ।

प्रहरीले लुटिएका अन्य हतियारको खोजी पनि तीव्र बनाएको जनाएको छ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com