काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता परिचय पत्र बनाउन आह्वान गरेकी छन्।
शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले योग्य व्यक्तिले मतदाता परिचय पत्र बनाउन आह्वान गरेकी हुन्। उनले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभूत साधनहरु विवेक र मतदान भएको बताइन्।
उनले आफ्नो विवेकको प्रयोग गरी सही व्यक्तिलाई मतदान गरेर निर्वाचन गराउन र आफै पनि प्रतिनिधि बन्न आग्रह गरिन्।
उनले समस्त नेपालीको सपना यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला मतदाता परिचयपत्र बनाउनु जरुरी रहेको बताइन्।
उनले भनिन्, ‘विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गरौँ। मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय पत्र बनाऔँ।’
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार











प्रतिक्रिया