काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री आफताब आलमको निधन भएको छ।
एक महिनाभन्दा लामो समयदेखि सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत रहेका ६३ वर्षीय आलमको गएराति निधन भएको हो।
अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालका अनुसार गएराति २:५९ बजे आलमको निधन भएको हो। उनी दसैंअघि देखि नै अस्पताल भर्ना भएका थिए।
उनी मिर्गौला र उच्च रक्तचापको बिरामी थिए। जेठ १४ गते नख्खु कारागारबाट छुटेपछि उनलाई मस्तिष्काघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो।
प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया