काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत संवेदना प्रकट गर्दै डा. कोइरालाले स्वर्गीय आलमले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सुदृढीकरणमा पुर्‍याएको योगदान सधैं सम्झन योग्य रहने उल्लेख गरेका छन् ।

advertisement

उनले लेखेका छन्, ‘नेपाली कांग्रेसका समर्पित नेता, पूर्वमन्त्री मोहम्मद अफताब आलमको असामयिक निधनले म अत्यन्त मर्माहित भएको छु । उहाँले लोकतन्त्र र पार्टी संगठनका लागि गरेको योगदान अविस्मरणीय रहनेछ ।’

डा. कोइरालाले दिवंगत आलमप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

पूर्वमन्त्री आलमको आज बिहान काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com