काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिजो (शुक्रबार) साँझ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ४० मिनेटसम्म रोकेर सोधपुछ गरिएको छ ।

स्रोतका अनुसार दिल्लीस्थित नेपाली दूतावासको लिखित अनुरोधपछि भारतीय सुरक्षाकर्मीले उनलाई केही समय ‘डिटेन’ गरेका थिए । दूतावासले प्रसाईंलाई नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं फर्कन नदिन आग्रह गरेपछि सुरक्षाकर्मीले विमानस्थलमै रोकेका थिए ।

advertisement

तर, पछि दुर्गा प्रसाईं र नेपालका राजदूतबीच फोनवार्ता भएपछि उनलाई उडानको अनुमति दिइएको थियो । त्यसपछि उनी नेपाल एयरलाइन्सको आरए–२१८ नम्बरको विमानमार्फत काठमाडौं फर्किएका हुन् ।

स्रोतका अनुसार प्रसाईंलाई भारतीय सुरक्षा निकायले निगरानीमा राख्दै आएको थियो । उनी भारतमा प्रवेश गरेको जानकारी पाएपछि निगरानी थप कडा पारिएको बताइन्छ ।

भारतीय अधिकारीहरूले प्रसाईंलाई भारतमा रहँदा कुनै पनि राजनीतिक गतिविधि नगर्न र भारतको समर्थन प्राप्त भएको भ्रामक प्रचार नगर्न चेतावनी दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com