काठमाडौं ।  एक महिनापछि काठमाडौँमा हुने नेकपा एमालेको ११औँ महाधिवेश कर्मकाण्डी हुने संकेत अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्।

शुक्रबार विद्धत वर्गसँगको अन्तरसम्वाद कार्यक्रममा ओलीले महाधिवेशनमा आफ्नो निर्देशनात्मक सम्बोधनबाहेक अरु कुनै कुरा नहुने बताएका हुन्।

advertisement

ओलीले महाधिवेशन हलमा नीति र नेतृत्वकाबारेमा हुन सक्ने छलफललाई महिनादिन अघिनै अस्वीकृत गरेका छन्। एमालेमा विद्या भण्डारी पक्षले ईश्वर पोखरेलको नेतृत्वमा फरक प्यानल बनाएर ओलीसँग प्रतिष्पर्धा गर्ने तयारी गरेपछि ओलीले महाधिवेशनको सर्वाधिकारलाई कर्मकाण्डीमा परिणत गर्ने घोषणा गरेका छन्।

‘यसपल्ट महाधिवेशनमा मेरो उद्घाटन मन्तव्य जति आउँछ त्यति नै हो। मैले एकतर्फी महाधिवेशनलाई सम्बोधन गर्ने हो। त्यो निर्देशनात्मक सम्बोधन हुन्छ’, उनले भने ‘त्यसमा छलफल हुन भ्याउँदैन। किनभने महाधिवेशन लम्बिन्छ। त्यसलाई हामी धान्न सक्दैनौँ।’

ओली प्रधानमन्त्री रहेकै बेला भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको मृत्युभयो। राज्यका मुख्य निकाय ध्वस्त पारियो। जेनजी आन्दोलनले परिवर्तन खोजेको भन्दै नेताहरु ईश्वर पोखरेल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टहरुले ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन्।

उनीहरुले अब ओलीले पार्टीको नेतृत्व गर्न नहुने र उनलाई पदमा राखेर चुनावमा जाँदा क्षति व्यहोर्नुपर्ने बताइरहेका छन्। ओलीले यसरी आफूमाथि प्रश्न गर्ने नेताहरुलाई पार्टी नै छाडेर जान चेतावनीसमेत दिइसकेका छन्।

प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com