काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वाग्राही व्यक्तिको रुपमा टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीले कक्षा ८ मा पढ्दा झगडा परेको साथीको जागिर नै खाइदिएको प्रसँग सुनाए ।

नेता नेपालका अनुसार ओली र एक जना अर्को साथीबीच कक्षा ८ मा पढ्ने बेलामा बस्ने कुरामा विवाद भएको थियो । ओलीले आफू उपप्रधानमन्त्री भएको बेलामा ती साथीको जागिर नै खाएर बदला लिएको नेता नेपालले बताए । नेता नेपालले ओलीका ती साथी भने को हुन् भन्ने कुरा खुलाउन चाहेनन् ।

advertisement

‘उहिल्यै ८ कक्षामा पढ्दाखेरी केपी ओली बस्ने डेस्कमा अर्को मान्छे आएर बसिदिएछ । हट भन्दाखेरी हटेन रे । त्यो पछि चाहिँ केपी ओली उपप्रधानमन्त्री भएको बेलामा को मान्ँछे हो भन्ने थाहा पाएर उसको जागिर नै खाइदिए रे । म त भुत्तभोगी नै हुँ । कुनै दिन उनीहरुले मुख खोल्लान्,’– उनले भने ।

  • रिपोर्टर्स नेपाल

प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com