जनकपुरधाम । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले आज प्रदेश सभामा आफ्नै अनुहारमा मोसो दलेर विरोध प्रकट गरेका छन्।
सांसद अन्सारीले प्रदेश राजनीति र दलहरूको नैतिक धरातल खस्किएको आरोप लगाउँदै यस्तो असामान्य शैलीमा आक्रोश व्यक्त गरेका हुन्।
मुख्यमन्त्री जितेन्द्र सोनल विश्वासको मत लिँदै रहेकै बेला अन्तिम चरणमा अन्सारीले बोल्न समय मागेका थिए। तर सभामुख रामचन्द्र मण्डलले उनको माइक बन्द गरेपछि उनले तत्क्षण मोसो दलेर प्रतिवाद गरेका हुन्।
अन्सारीले मुख्यमन्त्री सोनलको सरकार प्रदेशका सांसदहरूको निर्णय होइन, केन्द्रको निर्देशनमा बनेको दाबी गर्दै यसको कडा आलोचना गरे।
उनका अनुसार, प्रदेश सरकारले जनप्रतिनिधिको स्वायत्तता खोसिएको र संघीयताको मर्मविपरीत काम भएको प्रतीकात्मक रूपमा मोसो दलिएको बताए।
प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया