काठमाडौं । तत्कालीन नेकपा (एकीकृत समाजवादी)का ६७ केन्द्रीय सदस्यले नेता घनश्याम भुसाललाई संयोजकका रूपमा चयन गरेका छन् । शनिबार (कात्तिक २२) जुम बैठक गरी उनलाई संयोजक तोकिएको हो ।

उनको नेतृत्वमा आउँदो मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरिएको एक नेताले जानकारी दिए ।

advertisement

भुसाल तत्कालीन एकीकृत समाजवादीका महासचिव थिए । एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र)सहितका दल/समूह एक भएर नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ । त्योसँगै एकीकृत समाजवादी अस्तित्वमा नरहेको ठानिएको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com