काठमाडौं । विश्व बजारमा सामान आपूर्तीको क्षेत्रमा काम गर्दै आएका फेडएक्स र यूपीएस दुई कम्पनीले तत्तकालका लागि आफ्नो कार्गो विमानको उडानमा स्थगित गरेको छ ।

अमेरिकाको केन्टकी राज्यमा केहिदिन अघि भएको आगलागी पश्चात सरक्षाको कारण देखाउँदै ती कम्पनीहरुले तत्कालका लागि केहि विमान चालाउन रोकिएको जनाएका हुन् । गत मंगलबार लुइसविल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आगालागीमा १४ जनाको मृत्यु भएको थियो ।

advertisement

विमानस्थलबाट उडान भरेलगत्तै सो विमान दुर्घटनामा परेको समाचारमा जनाइएको छ । विमान निर्माता कम्पनी बोइङ्ले आफ्नो एमडी ११ मोडलका विमान तत्काल नचालउन सल्लाह दिएपछि सोहि अनुसार विमान प्रयोगमा रोक लगाइएको कार्गो कम्पनी यूपीएसले जनाएको छ ।

अर्को कार्गो कम्पनी फेडएक्सले पनि बोइङको सो निर्देशनलाई पालना गर्ने जनाएको छ । यद्यपि विमान दुर्घटनाहुको कारण बारे भने अहिलेसम्म ठोस जानकारी आउन सकेको छैन ।

 

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com