काठमाडौं ।  पाकिस्तानमा पक्राउ पर्ने अफगानी नागरिकको संख्यामा उल्लेख्य बृद्धि भएको पाइएको छ । संयुक्त राष्ट्रसङघीय शरणार्थी एजेन्सी र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले हालै सार्वजनिक गरेको प्रतिवेदनले एक हप्ताको अवधिमा पक्राउ पर्नेको संख्या १ सय ४६ प्रतिशतले बढेको देखाएको हो ।

प्रतिवेदन अनुसार अघिल्लो साता ७ हजार ७ सय ६४ अफगानी नागरिकलाई पक्राउ गरि हिरासतमा राखिएको थियो । जुन त्यस अघिको भन्दा धेरै भएको प्रतिवेदनलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यम डनले जनाएको छ । प्रतिवेदनले ८६ प्रतिशत पक्राउ र नजरबन्दका घटना बलुचिस्तान प्रान्तमा भएको पाइएको उल्लेख गरेको छ ।

advertisement

प्रतिवेदनका अनुसार अक्टोबरको अन्तिम साता फिर्ती तथा निर्वासीत हुनेको दर समेत बढेको पाइएको छ । सन् २०२३ सेप्टेम्बर देखि सन् २०२५ नोभेम्बरसम्म १६ लाख ६७ हजार ७ सय १३ अफगानीहरु स्वदेश फिर्ता भएका छन् ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com