काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले गृह मन्त्रालयको संवेदनशीलताका कारण धेरै कुरा सार्वजनिक रूपमा भन्न नसकिने बताएका छन् । उनले आफू शुद्ध मन र नियतले काम गरिरहेको स्पष्ट पारेका छन् ।

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले हालै गृहमन्त्री अर्यालको कार्यशैलीबारे प्रश्न उठाएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिएका हुन् ।

advertisement

फेसबुकमा उनले लेखेका छन्, ‘गृह मन्त्रालय अत्यन्त संवेदनशील क्षेत्र हो । यहाँ कतिपय विषयहरूमा ‘के गर्दैछौं’ भन्न पनि मिल्दैन, ‘के गर्‍यौं’ भन्न त झन् कठिन हुन्छ । तर हामी शुद्धचित्त र इमानदार भावना सहित कर्ममै केन्द्रित छौं ।’

अर्यालले सुशासनको मार्गबाट अघि बढ्दै देशलाई निर्वाचनमार्फत् स्थायित्व र निकास दिन सरकार प्रतिबद्ध रहेको उल्लेख पनि गरेका छन् ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com