काठमाडौं ।  गृह मन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय संवेदनशील निकाय भएकाले कतिपय काम सार्वजनिक गर्न नसकिने बताएका छन्। उनले मन्त्रालयले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरिरहेको बताउँदै सुशासनको बाटोमा सरकार दृढ रहेको स्पष्ट पारे।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै मन्त्री अर्यालले लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौँ भन्ने पनि भन्न मिल्दैन, के गर्‍यौँ भन्ने समेत भन्न नमिल्ने अवस्था हुन्छ।’

advertisement

उनले शुद्ध चित्तले कर्म गर्ने प्रतिबद्धता जनाउँदै लखेका छन् , ‘कार्यकालको अन्त्यमा जनतालाई धैर्यका लागि धन्यवाद दिनेछौँ। पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभार पूरा गर्नेछौँ।’

मन्त्री अर्यालले निकास प्रक्रिया र आगामी निर्वाचन तयारीमा गृह मन्त्रालयको सक्रिय भूमिका सुनिश्चित हुने बताएका छन्।

 

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com