काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानले घनश्याम भुसाललाई संयोजक चयन गरेको छ । शनिबार बसेको अभियानको केन्द्रीय समिति बैठकले भर्चुअल माध्यमबाट सर्वसम्मत रूपमा भुसाललाई संयोजकमा चयन गरेको नेता दामोदर अर्यालले जानकारी दिएका छन् ।

६७ जना केन्द्रीय सदस्यको सहभागिता रहेको बैठकमा संयोजक भुसालले ‘वर्तमान राजनीतिक अवस्था र हाम्रो दायित्व’ शीर्षकमा विस्तृत धारणा प्रस्तुत गर्दै संगठन सुदृढीकरणका दिशामा अघि बढ्न आह्वान गरेका थिए ।

advertisement

बैठकले आगामी मङ्सिर महिनामा आयोजना हुने राष्ट्रिय भेलाको तयारीबारे पनि विस्तृत छलफल गरेको बताइएको छ ।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माओवादी केन्द्रलगायत दलहरूसँगको एकता प्रक्रियामा सक्रिय रहेका बेला भुसाल लगायतका नेताहरू भने सो प्रक्रियामा सहभागी भएका थिएनन् ।

पार्टीको बहुमत समूह नयाँ नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि भुसाल नेतृत्वको समूहले पुरानै पार्टीलाई पुनर्गठन गर्ने तयारी अघि बढाएको छ भने रामकुमारी झाँक्रीसहितका केही नेताहरू एमाले प्रवेशको तयारीमा रहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com