काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार  बिहान मनोहरा सुकुम्वासी बस्ती पुगेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका प्रसाईंले त्यहाँ उपस्थित स्थानीयलाई मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा साथ दिन आग्रह गरेका हुन् ।

बस्तीमा आयोजित भेलामा उनले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन दुई करोड रुपैयाँ लिएको आरोप लगाए । उनका अनुसार दलहरूले सुकुम्वासी समुदायलाई सधैं ‘भोट बैंक’को रूपमा मात्रै प्रयोग गरेका छन् ।

advertisement

प्रसाईंले आफूले कुनै दलका लागि भोट नमाग्ने तर सुकुम्वासीलाई पक्की घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले सबै दल र मेयर बालेनलाई ‘ठेगान लगाउने’ चेतावनीसमेत दिए ।

यसैबीच, सुकुम्वासी बस्ती खाली गर्न काठमाडौं महानगरपालिकाले दिएको एक साताको ‘अल्टिमेटम’ आज सकिँदै छ । अल्टिमेटम सकिएपछि बस्ती खाली गराउने तयारी महानगरले अघि बढाइरहेको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com