काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार बिहान मनोहरा सुकुम्वासी बस्ती पुगेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध लड्न आफूले सहयोग गर्ने बताएका प्रसाईंले त्यहाँ उपस्थित स्थानीयलाई मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा साथ दिन आग्रह गरेका हुन् ।
बस्तीमा आयोजित भेलामा उनले बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन दुई करोड रुपैयाँ लिएको आरोप लगाए । उनका अनुसार दलहरूले सुकुम्वासी समुदायलाई सधैं ‘भोट बैंक’को रूपमा मात्रै प्रयोग गरेका छन् ।
प्रसाईंले आफूले कुनै दलका लागि भोट नमाग्ने तर सुकुम्वासीलाई पक्की घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले सबै दल र मेयर बालेनलाई ‘ठेगान लगाउने’ चेतावनीसमेत दिए ।
यसैबीच, सुकुम्वासी बस्ती खाली गर्न काठमाडौं महानगरपालिकाले दिएको एक साताको ‘अल्टिमेटम’ आज सकिँदै छ । अल्टिमेटम सकिएपछि बस्ती खाली गराउने तयारी महानगरले अघि बढाइरहेको छ ।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया