काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया