काठमाडौं । जेनजी मुभमेन्ट अलाइन्सले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बस्तीमा बसोबास गर्ने नागरिकमाथि काठमाडौं महानगरपालिकाले गरेको डोजर तयारीप्रति आपत्ति जनाउँदै तत्काल निर्णय स्थगित गरी समाधानमुखी तयारी गर्न आग्रह गरेको छ।

संगठनले शुक्रबार जारी गरेको विज्ञप्तिमा भूमिहीन तथा अव्यवस्थित बासिन्दामाथि दमन र अत्याचारपूर्ण व्यवहार बन्द गरी उनीहरूको बासस्थान अधिकारको संरक्षण गर्न सरकार र महानगरलाई चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘महानगरले पछिल्लो समयमा डोजरको तयारी गरी जनतालाई त्रसित बनाउने गतिविधि गरिरहेको छ, जुन गैरमानवीय र असंवेदनशील कार्य हो।’

advertisement

संगठनले भूमिअधिकारलाई जनताको पहिचान र बासस्थानलाई उत्पादनशील अधिकारको रूपमा व्याख्या गर्दै बस्ती उठाउने भन्दा पनि दीर्घकालीन समाधानका लागि नीति निर्माण गर्न सुझाव दिएको छ। उनका अनुसार भूमिहीन र सुकुम्बासीहरूको पुनर्वास, आवासीय योजनामा समावेशी दृष्टिकोण, र स्थानीय तहमा जनताको सहभागितासहितको नीति अबको आवश्यकता हो।

जेनजी मुभमेन्ट अलाइन्सले भूमिसम्बन्धी समस्या समाधानका लागि विशेष आयोग गठन, पुनर्वास कार्यक्रम र सामुदायिक सहकार्यका माध्यमबाट दीगो व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ। साथै, संगठनले काठमाडौं महानगरपालिकालाई हालको डोजर तयारी रोक्दै स्पष्ट नीतिगत धारणा सार्वजनिक गर्न आह्वान गरेको छ।

 

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com