काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तामाथि मन्त्री बन्न दुई करोड रुपैयाँ बुझाएको आरोप लगाएका छन् ।
आइतबार सुकुम्बासी बस्तीमा पुगेका प्रसाईंले काठमाडौं महानगरपालिकाले बस्ती भत्काउने तयारी गरेको भन्दै त्यसको विरोध गर्दै यस्तो आरोप सार्वजनिक गरेका हुन् । उनका अनुसार मन्त्री गुप्ताले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)का निकट सहयोगी भिक्टर पौडेललाई रकम बुझाएर मन्त्री पद हासिल गरेका हुन् ।
भिक्टर पौडेल ‘रुटिन अफ नेपाल बन्द’ नामक सामाजिक सञ्जाल प्लेटफर्मका सञ्चालक हुन् र मेयर बालेनका निकट मानिन्छन् । उनी बालेनलाई मेयर निर्वाचित गराउन सक्रिय रूपमा संलग्न रहेकासमेत उल्लेखनीय व्यक्ति हुन् ।
सुकुम्बासी बस्तीमा भेलालाई सम्बोधन गर्दै प्रसाईंले बस्ती भत्काउन नदिने चेतावनी दिए । उनले मेयर बालेनमाथि गरीब र सर्वहारा वर्गमाथि अन्याय गरेको आरोप लगाउँदै आफू सुकुम्बासी समुदायको पक्षमा उभिने घोषणा पनि गरे ।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया