काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (ग्रेड सुधार) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले परीक्षा परिणाम अनुमोदन गर्दै सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार यस वर्षको पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत असोज ७ र ८ गते सम्पन्न परीक्षामा देशभरबाट १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए, जसमा ७६ हजार ३६७ जना विद्यार्थी सफल भएका छन् । त्यस्तै, चार जनाको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ ।

advertisement

यसअघि गत साउन ११ गते सार्वजनिक नियमित नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।

विद्यार्थीहरूले आफ्नो नतिजा नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर हेर्न सक्नेछन् ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com