काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीसम्बद्ध युवाहरुलाई सडकमा उत्रेर आन्दोलन गर्न निर्देशन दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै उनले प्रशासनले अनुमति नदिए पनि शान्तिपूर्ण रूपमा सडक प्रदर्शन गर्न नडराउन आग्रह गरे ।
अध्यक्ष ओलीले भने, ‘प्रशासनलाई जानकारी दिनुहोस्, लुकेर गर्नुपर्ने केही छैन । हामीले यस्तो कार्यक्रम गर्न लागेका छौं भनेर भन्नुहोस्, स्वीकृति दिनुहोस् । तर स्वीकृति नदिए पनि स्वीकृति चाहिँदैन, सडकमा उत्रिनुहोस् ।’
उनले संविधानभन्दा माथि प्रमुख जिल्ला अधिकारी (सीडीओ)को आदेश नहुने उल्लेख गर्दै संवैधानिक अधिकार प्रयोग गर्न युवाहरूलाई प्रोत्साहित गरे ।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया