काठमाडौं । गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा आगजनी, लुटपाट र प्रहरीको हत्या घटनामा संलग्न एकजना व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भोजपुर साल्पा सिलिचो गाउँपालिका–२ दोभाने घर भई हाल काठमाडौँ महानगरपालिका–१६ पवित्रनगर बस्ने ३६ वर्षीय इन्द्रबहादुर राईलाई प्रहरीले शनिबार सामाखुसी चोकबाट नियन्त्रणमा लिएको हो।

advertisement

राईको बसोबासस्थलमा खानतलासी गर्दा प्रहरीले टाइप ५४ पेस्तोल, म्याग्जिनमा रहेको ७ राउण्ड गोली, आन्दोलनको दिन लगाएको कपडा र जुत्तासमेत बरामद भएको जनाएको छ।

राईमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

प्रहरीका अनुसार पक्राउ परेका राईमाथि यसअघि पनि प्रहरी वृत्त महाराजगञ्जमा ज्यानसम्बन्धी कसूरमा मुद्दा चलिसकेको अभिलेखमा देखिएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी राखेको जनाएको छ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com