काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच पार्टी एकीकरण हुने भएको छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टीसहित १० पार्टीबीच कार्तिक १९ गते एकता घोषणा भएको थियो। त्यसै दिन रावललाई पनि एकतामा सहभागी गराउने तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो।

advertisement

आइतबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालबीच उनकै निवास टोखामा भएको छलफलले एकता टुङ्ग्याएको हो।

अब नेपाली कम्युनिस्ट पार्टीमा रावल छैठौं वरियताको नेता हुने सहमति भएको स्रोतले जानकारी दियो। एक वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएको भन्दै उनलाई पार्टीबाटै निष्कासन गरिएको थियो।

चार वर्षअघि सौराहमा भएको पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल पराजित भएका थिए। उनले ओलीको पार्टी सञ्चालन शैलीमाथि निरन्तर प्रश्न उठाएपछि ओलीले कारबाहीस्वरूप दलबाटै निकालिदिएका थिए। त्यसपछि रावल मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका छन्।

छुट्टै दल बनाउने तयारीमा रहेका रावल जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका कारण नेकपामा सहभागी हुन सहमत भएका हुन्। नेकपा स्रोतका अनुसार रावललाई कार्तिक २७ गतेभित्र कार्यक्रम गरेर नेकपामा स्वागत गर्ने तयारी छ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com