काठमाडौं । पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच फाइनल खेल हुँदैछ ।

झापाको शिवसताक्षीस्थित दुधे रङ्गशलामा दिउँसो १ बजे हुने प्रतियोगितामा दुवै टोली पहिलो उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

advertisement

सेमिफाइलनमा त्रिभुवन आर्मीलाई हराएर एपीएफ फाइनलमा पुगेको हो भने पुलिसले संकटालाई पराजित गरेको थियो ।

आठ टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख १० हजार र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ।

यसैगरी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उदीयमान खेलाडी, प्रशिक्षक र धेरै गोलकर्ताले समान २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

 

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com