काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश प्रदेश सरकारमा मन्त्री बनेकी सांसद कञ्चन बिच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन् ।

नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले बिच्छालाई मन्त्रीमा नियुक्त गरेसँगै लिङ्देनले पार्टी निर्णय विपरीत कदम चालिएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले स्पष्ट रूपमा भनेका छन्— राप्रपाले हाल कुनै पनि तहको सरकारमा सहभागी हुने निर्णय गरेको छैन ।

advertisement

अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत यसबारे चेतावनी जारी गरेका छन् । फेसबुकमा लेख्दै उनले मन्त्री पद नत्यागे पार्टीको विधानअनुसार कारबाही हुने चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो पार्टी अनुशासनको गम्भीर उल्लंघन हो । तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिइएको छ, अन्यथा विधानबमोजिम आवश्यक कारबाही गरिनेछ ।’

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com