काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन्।
प्रधानमन्त्री कार्कीले मन्दिरमा पूजा अर्चना गर्दै टीका र माला ग्रहण गरेकी हुन्। दर्शनको क्रममा उनलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरूले सम्मानपूर्वक स्वागत गरेका थिए।
यस अवसरमा प्रधानमन्त्रीले धार्मिकस्थलको शान्ति र संस्कृति संरक्षणमा सबैले योगदान दिनुपर्ने आवश्यकतामा जोड दिएकी छन्।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया