एजेन्सी ।  दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपश्चिम गुसान नजिकैको इओचोङ टापुमा चिनियाँ माछा मार्ने डुङ्गा पानीमा डुबेर दुर्घटनाग्रस्त भएको छ । दुर्घटना परेका दुई जनालाई उद्धार गरिएको तथा अन्य नौ जना बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले सोमबार जनाएको छ । डुङ्गा स्थानीय समय अनुसार बिहान लगभग ८ः५३ दुर्घटनाग्रस्त भएको एजेन्सिले जनाएको छ ।

दुर्भाग्यपूर्ण जहाजमा सवार ११ जना मध्ये चालक दलका दुई जना सदस्यलाई नजिकैको पानीमा यात्रा गरिरहेको मालवाहक जहाजले उद्धार गरेको र बाँकी नौ जना अझै बेपत्ता भएको जनाइएको छ ।

advertisement

दक्षिण कोरियाली तटरक्षकले केपत्ताहरुको खोज र उद्धार कार्यका लागि चार वटा गस्ती जहाज र एउटा हेलिकप्टर घटनास्थलमा तैनाथ गरेको जनाएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com