काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध निःशुल्क औषधि गुणस्तरीय भएको स्पष्ट गरेकी छन्।

भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला भवनको सोमबार उद्घाटन गर्दै मन्त्री गौतमले बीमाबाट वितरण हुने औषधिको गुणस्तरबारे फैलाइएका भ्रमपूर्ण जानकारीमा विश्वास नगर्न आग्रह गरिन्। उनले केही निजी औषधि व्यवसायीले गलत प्रचार गरेको हुन सक्ने भन्दै त्यसबारे सचेत रहन सबैलाई आग्रह गरिन्।

advertisement

मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रममा देखा परेका चुनौती क्रमशः समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्। उनका अनुसार केही अस्पतालहरूले बीमाको भुक्तानी नपाएको गुनासो गरेकाले त्यसको समाधान छिट्टै गरिनेछ।

उनले स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्दै नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न सबै अस्पताल र स्वास्थ्य संस्थालाई केन्द्रीत हुन निर्देशन दिइन्।

मन्त्री गौतमले स्थानीय तहमा औषधिको अभावबारे आएका गुनासोप्रति पनि ध्यानाकर्षण गराउँदै, निःशुल्क औषधि उपलब्ध हुने व्यवस्था सुनिश्चित गर्न स्थानीय सरकार र केन्द्रबीच सहकार्य हुने बताइन्।

कार्यक्रममा स्वास्थ्य सेवा क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com