काठमाडौं । चार वर्षअघि नेकपा एमाले छोडी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ (किसान) पुनः एमालेमा फर्किएका छन्।

२०७८ सालमा पार्टी विभाजनका क्रममा झाँक्री र श्रेष्ठ समाजवादीतर्फ गएका थिए। तर, पछिल्लो राजनीतिक एकीकरणपछि उनीहरू फेरि एमालेमै फर्किएका हुन्।

advertisement

सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा उनीहरू औपचारिक रूपमा एमालेमा पुनः प्रवेश गरेका हुन्।

कार्यक्रमका दौरान एमाले अध्यक्ष केपी शर्मा ओलीले झाँक्री र श्रेष्ठलाई एमालेको चुनाव चिह्न ‘सूर्य’ प्रदान गर्दै स्वागत गरे। प्रत्युत्तरमा झाँक्री र श्रेष्ठले ‘कलम’ चिह्न अध्यक्ष ओलीलाई हस्तान्तरण गरे।

कार्यक्रममा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ र केशव सापकोटा लगायत अन्य नेताहरू पनि एमालेमा पुनः प्रवेश गरेका थिए।

एमाले अध्यक्ष ओलीले पार्टीमा फर्किएका सबै नेताहरूलाई स्वागत गर्दै एमालेलाई अझ सशक्त र एकताबद्ध बनाउन सबैको साथ आवश्यक रहेको बताए।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com