काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माधवकुमार नेपालसहितका नेताहरू माओवादी पार्टीमा गएपछि उनीहरूको राजनीतिक अस्तित्व समाप्त भएको टिप्पणी गरेका छन्।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभामा बोल्दै पोखरेलले एमालेका सिद्धान्त र मान्यताप्रति अडिग रहन नसक्दा माधव नेपाल पक्ष अन्ततः माओवादी पार्टीमा विलय भएको बताए।

advertisement

उनका अनुसार, ‘माधव नेपालको नेतृत्वमा एमालेका आदर्शमा अडिग रहेर बलियो पार्टी निर्माण गर्ने संकल्प माओवादी पार्टीमा विसर्जनका रूपमा अन्त्य भएको छ।’

महासचिव पोखरेलले एमाले सधैं राष्ट्रिय संकटका बेला अग्रपङ्क्तिमा रहेर देशलाई मार्गदर्शन गर्ने पार्टी भएको दाबी पनि गरे।

उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास साक्षी छ— राष्ट्रमाथि जब चुनौती आउँछ, त्यसबेला देशलाई संकटबाट निकाल्ने नेतृत्व सधैं एमालेले नै दिएको छ।’

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com