एजेन्सी ।  कम्बोडियासँगको सीमा नजिकै भएको विस्फोटमा दुई थाई सैनिक घाइते भए पछि थाइल्यान्डले सोमबार छिमेकी कम्बोडियासँगको सिमा बिबाद अन्त्येको लागि गरिएको शान्ति सम्झौताको कार्यान्वयन स्थगित गर्ने घोषणा गरेको छ ।

दुई देश बिच सिमा बिबादका कारण द्वन्द्वमा कम्तिमा ४३ जनाको मृत्यु भएको थियो भने दुवै पक्षका तीन लाख भन्दा बढी नागरिकहरू विस्थापित भएको जनाइएको छ । द्धिपक्षिय द्वन्द्व र शत्रुता अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा गत जुलाईमा सीमा सम्झौता भएको थियो ।

advertisement

थाई सेनाले विज्ञप्ति मार्फत सिसाकेट प्रान्तमा भएको विस्फोटमा एक सैनिकको खुट्टामा गम्भीर चोट लागेको लाग्नुका साथै एक जनाको छातीमा दुखाइ भएको बताएको छ ।

थाई सरकारका प्रवक्ता सिरिपोङ अङ्कासाकुल्कियातले बैङ्कले अक्टोबरमा क्वालालम्पुरमा कम्बोडियासँग भएको सम्झौता स्थिगित गर्ने निर्णय गरेको घोषणा गरेका हुन् ।

सम्झौताको कार्यान्वयनको एक भागमा अर्को चरणहरूमा थाइल्यान्डमा हिरासतमा रहेका १८ जना कम्बोडियन सैनिकहरूको रिहाइसमेत समावेश थियो ।

थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले पत्रकार सम्मेलनमा भने हामीले सोचेका थियौँ कि सुरक्षा खतरा कम भएको छ, तर वास्तवमा यो घटेको छैन ।

कम्बोडियाका अधिकारीहरूले यस घटनामा तुरुन्तै टिप्पणी नगरेता पनि विगतमा सीमामा नयाँ बिष्पोटहरु थापेको थाई आरोपलाई भने अस्वीकार गरेका छन् ।

कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै शान्तिका लागि ‘अटुट प्रतिबद्धता’ व्यक्त गरेको छ ।

 

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com