काठमाडौं । नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलनका नाममा स्वार्थ र अवसरवाद हाबी भएको आरोप लगाएकी छन्। सोमबार ‘घर फर्क राष्ट्रिय अभियान’ कार्यक्रममा पुनः एमालेमा फर्किँदै उनले हालको जेनजी आन्दोलनको रूपान्तरणले आफ्नो मौलिक उद्देश्य गुमाएको बताइन्।
उनका अनुसार जेनजी आन्दोलन सुरुवातमा एक पुस्ताको आक्रोशका रूपमा देखा परे पनि त्यसलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्नेहरू सक्रिय भएका छन्। जेनजी आन्दोलन एउटा पुस्ताको आक्रोश थियो, तर त्यसमा रोटी सेक्नेहरू धेरै देखिए, नेतृ झाँक्रीले भनिन्, अब त्यो आन्दोलनको नाममा एमाले विरुद्धको भाष्य निर्माण भइरहेको छ।
उनले विभिन्न राजनीतिक दल र स्वतन्त्र समूहका व्यक्तिहरूले आफूलाई आन्दोलनका प्रतिनिधि भन्दै व्यक्तिगत लाभका लागि प्रयोग गर्न थालेको आरोप लगाइन्। “जेनजी आन्दोलनका स्टक होल्डरहरू नजानिँदो ढंगले आफूलाई दाबी गर्दै छन् ,चाहे ती माओवादी, कांग्रेस, राप्रपा, रास्वपा वा स्वतन्त्र अभियन्ता नै किन नहोस् — उनीहरू सबै आज एमालेविरुद्ध उभिएका छन्, उनले भनिन्।
नेतृ झाँक्रीले देशको सार्वभौमिकता, सार्वजनिक सम्पत्ति र नागरिक जीवनको सुरक्षाका लागि क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने बताइन्। उनले एमाले नै देशको स्थायित्व र राष्ट्रिय हितको पक्षमा उभिएको शक्ति भएको उल्लेख गर्दै सबैलाई एमालेमा फर्किन आह्वान गरिन्।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया