काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले देशभरका युवाहरूको सबैभन्दा ठूलो संगठन भएको दाबी गरेका छन्।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क’ राष्ट्रिय अभियान घोषणा सभामा सम्बोधन गर्दै उनले एमाले कुनै सानो धारा होइन, महासागरजस्तो विशाल र शक्तिशाली संगठन भएको उल्लेख गरे।

advertisement

ओलीले भने, ‘नेकपा एमाले एउटा तिरतिरे खोल्सो होइन, यो महासागर हो। यसमा युवाहरूको सबैभन्दा ठूलो पंक्ति छ। कसैले भन्छन्— एमालेसँग युवा छैन। अनि कोसँग छन् त युवा? फेसबुकका होइन, घर–घरका युवा नेकपा एमालेसँग छन्।’

उनले सामाजिक सञ्जालमा देखिने भ्रममा नपर्न आग्रह गर्दै भने, ‘फेसबुकमा हेर्ने हो भने एमाले रित्तो देखिन्छ, तर वास्तविकतामा एमाले जनताको घर–घरमा जीवित छ, सक्रिय छ।’

अध्यक्ष ओलीले एमाले राष्ट्र निर्माणको ठुलो अभियानमा अघि बढिरहेको पनि बताए। उनका अनुसार, एमाले कुनै संकीर्ण सोचमा आधारित पार्टी होइन, बरु सबै वर्ग र क्षेत्रका जनताको साझा राजनीतिक शक्ति हो।

उनले थपे, ‘हामी राष्ट्र निर्माणको महाअभियानमा जुटेका छौं। ‘घर फर्क अभियान’ केवल पार्टी विस्तार होइन, राष्ट्रिय शक्ति निर्माण अभियान हो। अब नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गरौं, जसले देशलाई सही दिशामा अघि बढाउनेछ।’

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com