काठमाडौं । सर्वोच्च अदालतले भड्काउ अभिव्यक्तिपछि पक्राउ परेका कमल भुसाल (निकोलस भुसाल) लाई तत्काल रिहा नगर्ने आदेश दिएको छ।

सोमबार न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले भुसालले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै उनलाई छाड्ने माग अस्वीकार गरेको हो।

advertisement

अदालतले भने छानबिन प्रक्रिया ढिलो नगरी शीघ्र टुंग्याउन गृह मन्त्रालयलाई निर्देशन (परमादेश) जारी गरेको छ।

यसअघि सर्वोच्च अदालतले भुसालको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै गृह मन्त्रालयलाई कारण देखाउन आदेश जारी गरेको थियो।

भुसालले कात्तिक १६ गते सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने घोषणा गरेका थिए।
त्यसैगरी उनले ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ धम्कीसमेत दिएका थिए, जसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com