काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य तोलामा २ हजार १ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ४६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीकाे मुल्य भने बढेको छ । अघिल्लो दिन तोलाको ३ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार












प्रतिक्रिया